११.२२ अंकले बढ्यो नेप्से, दुई कम्पनीमा सकारात्मक सर्किट

हिमाल प्रेस १५ मंसिर २०७९ १५:२१
10
SHARES
११.२२ अंकले बढ्यो नेप्से, दुई कम्पनीमा सकारात्मक सर्किट

काठमाडौँ– बिहीबार सेयर बजार परिसूचक (नेप्से) ११.२२ अंकले बढेको छ। दोहोरो अंकले बढ्दा परिसूचक १९६१ बिन्दुमा उक्लिएको हो।

बिहीबार दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। बिहीबार धौलागिरि लघुवित्त र स्वेतगंगा जलविद्युत् कम्पनीको सेयर १० प्रतिशत बिन्दुले उकालो लागेको हो।

बिहीबार एलआईसी नेपाल, स्वभिमान लघुवित्त, मनकामना स्मार्ट लघुवित्तलगायत १०७ कम्पनीको सेयर मूल्य बढेको छ।

सिटिजन म्युचुअल फन्ड-१, घल्याम्दी हाइड्रो, रुरु जलविद्युत् परियोजनालगायत कम्पनीको मूल्य भने घटेको छ। बिहीबार ५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

बिहीबार बिमा कम्पनीमा लगानीकर्ता आकर्षित भएका छन्। बिमा उपसमूहको सूचक १.२८ प्रतिशतले बढेको छ।

बिहीबार २४१ कम्पनीको ३८ लाख ६५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ। २१ हजार पटक सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०७९ १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =