स्याङ्जापछि बाजुरामा पनि मतगणनाको तयारी

हिमाल प्रेस १५ मंसिर २०७९ १५:२६
24
SHARES
स्याङ्जापछि बाजुरामा पनि मतगणनाको तयारी फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- मंसिर ४ मा मतदान सकिएपछि केही जिल्लामा मतगणना सुरु हुन सकेको थिएन। मतदान सकिएको १२ दिनपछि आज स्याङ्जाको मतगणना सुरु गरिएको छ। त्यस्तै विवाद बढेर रोकिएको बाजुराको पनि मतगणना सुरु गर्ने सहमति भएको छ। आज बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको हो।

बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ३:३० बजे देखि मतगणना सुरु हुँदैछ। ‘मतगणनाको सबै तयारी भएको छ। सर्दलीय बैठकमा पनि सहमति जुटेको छ। ३:३० बजेदेखि त गणना नै सुरु गर्छौं’ उनले भने।

निर्वाचन आयोगले पनि स्याङ्जा र बाजुरामा पुन: मतदान नहुने तत्काल मतगणना गर्नू भनेर निर्देशन दिएको थियो। बाजुरामा मतदानको दिन झडप हुँदा एमालेनिकट अनेरास्वियुका नेता चेतन अइडीको मृत्यु भएको थियो।

प्रकाशित: १५ मंसिर २०७९ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 3 =