ग्रेडरले किच्दा विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव

हिमाल प्रेस १५ मंसिर २०७९ १३:२७
8
SHARES
ग्रेडरले किच्दा विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव

धनगढी- ग्रेडरले किच्दा एक विद्यार्थीको मृत्यु भएपछि धनगढी तनावग्रस्त बनेको छ। मृत्यु हुनेमा हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत तारानगर बस्ने अन्दाजी १४ वर्षीया चेतना साउँद रहेकी छन् ।

अहिले विद्यार्थीहरू दोषीलाई कारबाही हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनले सवारी आवागमन प्रभावित भएको छ।

बिहीबार उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा नजिक सडकको काम गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा साइकलयात्री साउँदलाई किचेको थियो।

कैलाली प्रहरीका अनुसार चालकलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित: १५ मंसिर २०७९ १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =