म्यादी प्रहरी हत्याको अनुसन्धान गर्न प्रदेश प्रहरीको टोली बैतडीमा

हिमाल प्रेस १५ मंसिर २०७९ १०:३९
10
SHARES
म्यादी प्रहरी हत्याको अनुसन्धान गर्न प्रदेश प्रहरीको टोली बैतडीमा प्रतीकात्मक तस्बिर।

धनगढी- पञ्चेश्वर गाउँपालिका-४, सैलोडाकी २१ वर्षीया माया लुहार हत्याको अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरीको टोली बैतडी पुगेको छ। सो हत्याको अनुसन्धान गर्न सईको नेतृत्वमा टोली बैतडी पठाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भोलाबहादुर रावलले जानकारी दिए। सो टोलीले अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय बैतडीलाई सघाउने छ।

बुधबार साँझ शिवनाथ गाउँपालिका–६ मा लुहारको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । म्यादी प्रहरीसमेत रहेकी लुहारको हत्यामा शिवनाथकै एक सशस्त्र प्रहरी जवान संलग्न रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती प्रहरी जवान बिदामा घर आएका थिए।

घटनापछि फरार उनको खोजी भइरहेको बैतडी प्रहरी प्रमुख डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए।

प्रकाशित: १५ मंसिर २०७९ १०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =