पर्यटन प्रवर्द्धनका लागि नयाँ रणनीति आवश्यक : पर्यटन मन्त्रालय

हिमाल प्रेस १६ पुष २०७९ १९:२४
6
SHARES
पर्यटन प्रवर्द्धनका लागि नयाँ रणनीति आवश्यक : पर्यटन मन्त्रालय

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालमा पर्यटन प्रवर्द्धनका लागि नयाँ रणनीति आवश्यक भएको बताएका छन्। नेपाल पर्यटन बोर्डको २४औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘कोभिड महामारीका कारण नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान ह्वात्तै घट्यो तर, पछिल्लो ५/६ महिनाको विदेशी पर्यटक आगमनको आँकडा हेर्दा यो रिभाइबल फेजमा देखिन्छ,’ उनले भने, ‘ हामीले सन्तोष गर्ने अवस्था छ। पर्यटनको थप विकासका लागि नयाँ रणनीतिको आवश्यता छ।’

बोर्डको तथ्यांकअनुसार सन् २०२२ को ११ महिनामा ५ लाख ४६ हजार ३ सय ४२ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। पर्यटनको बजार रणनीति बनाउँदा विश्वको अर्थतन्त्र र पर्यटनको योगदानका आधारमा प्रवर्द्धन गरिनुपर्ने सचिव अधिकारीको भनाइ छ।

कार्यक्रममा बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधारको खाँचो रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seven =