अनपेक्षित रूपमा सत्तासमीकरण बदलियो : विश्‍वप्रकाश

हिमाल प्रेस १६ पुष २०७९ १८:१९
12
SHARES
अनपेक्षित रूपमा सत्तासमीकरण बदलियो : विश्‍वप्रकाश फाइल तस्बिर।

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी अब संगठन निर्माणमा केन्द्रित हुने बताएका छन्। शनिबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बिपी प्रतिष्ठान झापाले चन्द्रगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

आलोचना हुँदाहुँदै पनि नेकपा माओवादी केन्द्रलगायतका दलसँग कांग्रेसले गठबन्धन गरे पनि अन्तिम समयमा आएर त्यसलाई जोगाउन नसकिएको उनले बताए। झापा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई आग्रहसमेत गरे।

सत्तासमीकरणको फेरबदललाई अनपेक्षित घटनाको संज्ञा दिँदै उनले जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई पनि अपदस्थ गरिएको इतिहास रहेको बताए। ‘बहुदलीय व्यवस्था नै विघटन गर्दा पनि जीवित रहेको कांग्रेस सत्ताबाट बाहिरिँदैमा आत्तिँदैन,’ महामन्त्री शर्माले भने।

चुनावअघिको कांग्रेस नेतृत्वको समीकरण चुनावपछि भत्किएको विषयमा पार्टीभित्र निर्मम र गम्भीर समीक्षा हुने उनले बताए। बिपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै महामन्त्री शर्माले अबका दिनमा पार्टी एकजुट भइ अघि बढ्ने स्पष्ट पारे।

प्रकाशित: १६ पुष २०७९ १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =