छोरीको लालन पालन र शिक्षामा लगानी बढाउन सरोकारवालाको जोड

हिमाल प्रेस १५ पुष २०७९ २१:४१
8
SHARES
छोरीको लालन पालन र शिक्षामा लगानी बढाउन सरोकारवालाको जोड फाइल तस्बिर।

काठमाडौँ– बालिका तथा किशोरीमाथि हुने हिंसा, दुर्व्यवहार, बलात्कारजस्ता अपराध र विभेद अन्त्य गर्न सरोकारवालाले आग्रह गरेका छन्। जागृति बाल तथा युवा सरोकार नेपालको १८ औँ साधारणसभाका अवसरमा वक्ताहरूले यस्तो आग्रह गरेका हुन्।

‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक छलफल कार्यक्रममा राष्ट्रिय महिला आयोगकी कार्यबाहक अध्यक्ष कृष्णाकुमारी खतिवडाले छोरीमाथि हुने सबै प्रकारका हिंसाविरुद्ध कानुनी सचेतना जगाइ र दोषीमाथि कारबाही गर्नुपर्ने बताइन्।

अधिवक्ता इन्दु तुलाधरले बालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा ध्यान पुर्‍याउन नसकेका विषयलाई जोड दिँदै तिनै तहका सरकार र निकायमा लैंगिकमैत्री नीति, कार्यक्रम, बजेट र त्यसको कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने र त्यस्ता कार्यक्रममा नागरिक सङ्घसंस्था सञ्जालको महत्त्वपूर्ण भूमिका रहने बताइन्।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँ, राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेल, राष्ट्रिय योजना आयोगका डा. किरण रुपाखेती, राष्ट्रिय युवा परिषद्का उपसचिव चन्दा थापा, सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधर, नवलपुरस्थित देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले सरकारले बालिका तथा किशोरीको लालन पालन र शिक्षामा लगानी बढाउनुपर्ने, उनीहरूको संरक्षणमा थप ध्यान दिनुपर्ने, बालमैत्री, युवामैत्री, लैंगिकमैत्री अभियानलाई अघि बढाउनुपर्ने धारणा व्यक्त गरिन्।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले संस्थाबाट बालिका तथा किशोरी सूचना तथा स्रोत केन्द्र, बालमैत्री शासन प्रवर्द्धन, बाल श्रम, आधुनिक दासता, हिंसा, दुर्व्यवहारमा परेकाको उद्धार, बालिका सशक्तीकरण, विद्यालय पोषण कार्यक्रम, विद्यालय भवन निर्माण, कानुनी सहायता, युवामैत्री स्थानीय शासन, जिविकोपार्जनसहित कार्य गरिँदै आएकाले त्यसमा साथ दिन आग्रह गरे।

प्रकाशित: १५ पुष २०७९ २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =