कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचन आज, तीन उम्मेदवार

हिमाल प्रेस १५ पुष २०७९ ८:३८
2
SHARE
कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचन आज, तीन उम्मेदवार बायाँदेखि क्रमश अमृत अर्याल, उद्धव थापा र केदार कार्की।

काठमाडौँ- नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचन आज तोकिएको छ। निर्वाचनका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्।

सभापति शेरबहादुर देउवा समूहबाट अमृत अर्याल, नेता कृष्णप्रसाद सिटौला समूहका उद्धव थापा र शेखर कोइराला समूहका केदार कार्कीले उम्मेदवारी दिएका हुन्।

संसदीय दलको दौडमा रहेका अर्का नेता भीम पराजुली भने उद्धव थापाको समर्थक बसेका छन्।

संसदीय दलमा शुक्रबार ९ देखि १० बजेसम्म विराटनगरमा निर्वाचन हुँदैछ।

९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन्।

कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ। त्यसका लागि १५ मत आवश्यक पर्छ।

१२ जना सांसद आफ्नो समूहमा रहेको देउवा पक्षको दाबी छ। त्यस्तै शेखर कोइराला समूहले १० जना र सिटौला समूहले ९ जना आफ्नै समूहमा रहेको दाबी गरेको छ।

केही सांसदलाई सबैले आफ्नै समूहमा रहेको दाबी गरेका छन्।

प्रकाशित: १५ पुष २०७९ ८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =