हुन्डाई कन्स्ट्रक्सनको ‘स्मार्ट प्रमिस अफर’

हिमाल प्रेस १४ पुष २०७९ १८:३६
6
SHARES
हुन्डाई कन्स्ट्रक्सनको ‘स्मार्ट प्रमिस अफर’

काठमाडौँ– हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाई स्मार्ट प्रमिस’ योजना ल्याएको छ। योजनाअन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने कम्पनीले व्यवस्था रहेको छ।

ग्राहकले नयाँ उपकरणको भन्दा लगभग ६० प्रतिशत कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन्। नयाँ अवस्थामा लिँदा १ करोड ५० लाख रुपैयाँसम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै पाउने कम्पनीले जनाएको छ।

कम्पनीले ३६१ घन्टादेखि बढीमा २९५० घन्टासम्म प्रयोग भएका उपकरण अफरअन्तर्गत बिक्रीमा राखिएको जनाएको छ।

यी हरेक एक्जाभेटरहरूमा ९ महिना वा एक हजार घन्टाको प्रयोग अवधिसम्म वारेन्टी रहेको छ। साथै, हुन्डाई मेन्टिनेन्स कन्ट्रयाक्ट ‘एच एमसी’ प्याकेजअन्तर्गत निश्चित युनिटका एक्जाभेटरमा ६ महिना, ८ महिना वा ९ महिना निःशुल्क मर्मत गरिने व्यवस्था छ। यस योजनाका मेसिन काठमाडौँ, हेटौँडा र बुटवल शो रुममा उपलब्ध छन्।

प्रकाशित: १४ पुष २०७९ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =