रेलेखोला जलविद्युत्‌को काम एक वर्षमै ५० प्रतिशत सम्पन्‍न

हिमाल प्रेस १४ पुष २०७९ १६:००
4
SHARES
रेलेखोला जलविद्युत्‌को काम एक वर्षमै ५० प्रतिशत सम्पन्‍न आयोजनाको निर्माणाधीन बाँध। तस्बिर- रासस

काठमाडौँ– रेलेखोला जलविद्युत् आयोजनाको काम निर्माण सुरु भएको एक वर्षमै ५० प्रतिशत सकिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा ६ मेगावाट क्षमताको आयोजना निर्माण भइरहेको छ।

ह्युम कन्सल्ट प्रालि प्रर्वद्धक रहेको आयोजना आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य छ। सिभिलतर्फ बाँध, पाइपलाइन र विद्युत् गृह, इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल र प्रसारण लाइन निर्माण सँगसँगै अघि बढाइएको आयोजनाले जनाएको छ।

सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदीमा पर्ने कालोखोलामा बाँधको आधा काम सकेको छ। बाँधनजिकै ५०/५० मिटर लामा दुई पानी थिग्राउने पोखरी (डिसेण्डर) निर्माणको काम अन्तिम चरणमा छ।

बाँधदेखि विद्युत् गृहसम्म ३ हजार ६०० मिटर दूरीको पाइपलाइन जडानको काम सुरु भएको छ। पाइपलाइबाट ५०० मिटर माथिबाट ल्याइएको पानी विद्युत् गृहमा खसालिने भएको छ।

विद्युत् गृहदेखि दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताको ५ किलोमिटर प्रसारण लाइन निर्माणको प्रक्रियाअघि बढाइएको छ। डोजर, ब्याकुहोलोडरलगायत उपकरणका अतिरिक्त दैनिक १३० मजदूर र ४० भन्दा बढी प्राविधिक तथा कर्मचारी आयोजना निर्माणमा परिचालन भएका छन्।

प्रतिमेगावाट २० करोड लागत अनुमान गरिएको रेलेखोलामा कुल लागतको ५० प्रतिशत हिमालयन र २० प्रतिशत राष्ट्रिय बाणिज्य बैंकले लगानी गरेको छ।

नारच्याङमा हाल २ मेगावाट क्षमताको तातोपानी साना, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला र ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना सञ्चालनमा छ। त्यस्तै ११० मेगावाट क्षमताको निलगिरि पहिलो र निलगिरि क्यासकेड जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 9 =