नेप्से परिसूचक २०२९ बिन्दुमा

हिमाल प्रेस १४ पुष २०७९ १५:३४
4
SHARES
नेप्से परिसूचक २०२९ बिन्दुमा

काठमाडौँ- बिहीबार सेयर बजार परिसूचक नेप्से ५६.८८ अंकले बढेको छ। कारोबार सुरु भएदेखि लगातार बढेको परिसूचक २०२९ बिन्दुमा उक्लिएको छ।

अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनसँगै सेयर बजारमा उत्साह देखिएको छ। चार दिनको अवधिमा मात्रै नेप्से परिसूचक १६२ अंकले बढिसकेको छ।

बिहीबार २०८ कम्पनीको सेयर मूल्य बढ्दा जम्मा ६ कम्पनीको मात्र मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। आज ८० लाख २४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ। आज फाइनान्स उपसमूह, विकास बैंक, जलविद्युत्, जीवन बिमा र निर्जिवन बिमा उपसूमहमा लगानीकर्ता झुम्मिएका छन्।

कारोबार रकमका हिसाबले बिहीबार हिमालयन डिस्टिलरी लिमिटेड अग्रस्थानमा रह्यो। यसको १२ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ।

प्रकाशित: १४ पुष २०७९ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =