काकीको हत्या आरोपमा भतिज पक्राउ

हिमाल प्रेस १३ पुष २०७९ ८:५९
6
SHARES
काकीको हत्या आरोपमा भतिज पक्राउ प्रतीकात्मक तस्बिर।

धनुषा- आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन्।

सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए।

उक्त घटनाको अनुसन्धान गर्दै जाँदा दिलीपको संलग्नता रहेको खुलेपछि मंगलबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

मृतकको अनुहारमा गम्भीर चोट लागेको पाइएको प्रहरीले जनाएको छ। रक्ताम्य र अर्धनग्न अवस्थामा कवितादेवीको शव फेला परेको थियो।

दिलीप शंकास्पद अवस्थामा भेटिएका थिए। उनको हातको बूढीऔँला तथा घाँटीमा घाउ रहेको प्रहरीको भनाइ छ। दिलीपसित कवितादेवीको मोबाइलसमेत फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १३ पुष २०७९ ८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =