बागलुङमा भूकम्प झड्का

हिमाल प्रेस १३ पुष २०७९ ७:३०
2
SHARE
बागलुङमा भूकम्प झड्का

काठमाडौँ- बागलुङमा भूकम्पका तीनवटा ठूला झड्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४ दशमलव ७, ५ दशमलव ३ तथा ४ म्याग्निच्युटका तीन भूकम्पको झड्का महसुस गरिएको हो।

केन्द्रका अनुसार बागलुङको अधिकारी चौरको वरपर गएराति १ बजेर २३ मिनेटमा ४ दशमलव ७ म्यान्च्यिुटको भूकम्प गएको थियो। यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २ बजेर ०७ मिनेटमा ५ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको केन्द्रले जनाएको छ।

त्यसपछि बिहान ३ बजेर २८ मिनेटमा अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ।

प्रकाशित: १३ पुष २०७९ ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =