संस्कृत विश्वविद्यालयलाई महालक्ष्मी विकास बैंकको सहयोग

हिमाल प्रेस १२ पुष २०७९ १८:४०
6
SHARES
संस्कृत विश्वविद्यालयलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौँ- महालक्ष्मी विकास बैंकले नेपाल संस्कृत विश्वविद्यालयलाई ल्यापटप र प्रिन्टर सहयोग गरेको छ। बैंकको तुलसीपुर शाखाले दाङको बेलझुन्डीस्थित विश्वविद्यालयलाई उक्त सहयोग हस्तान्तण गरेको हो। यसले पठनपाठन र सेवा प्रवाहलाई सहज बनाउने बैंकले जनाएको छ।

त्यस्तै बैंकको लालबन्दी शाखाले राधाकृष्ण मन्दिर भागवतधाम धर्मशालाका लागि आवश्यक टेबल र कुर्सी सहयोग गरेको छ।  महालक्ष्मी विकास बैंकको मनहरी शाखाले राष्ट्रिय रोटरी माध्यमिक विद्यालयलाई ट्राफिक सचेतनासम्बन्धी होडिङ बोर्ड पनि हस्तान्तरण गरेको छ।

प्रकाशित: १२ पुष २०७९ १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 4 =