नयाँ सरकार गठनसँगै सेयर लगानीकर्तामा उत्साह

हिमाल प्रेस ११ पुष २०७९ २१:५१
4
SHARES
नयाँ सरकार गठनसँगै सेयर लगानीकर्तामा उत्साह

काठमाडौँ– नयाँ सरकार गठन भएसँगै नेपाली सेयर बजारमा उत्साह देखिएको छ। पछिल्लो समय निरन्तर रूपमा उतार-चढाव भइरहेको नेप्से सोमबार (आज) एकाएक ५६.८६ अंक बढेर १९२४.०७ बिन्दुमा पुगेको छ।

यस्तै सेन्सेटिभ इण्डेक्स ८.३८ अंकले, फ्लोट इन्डेक्स ४.५४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.९७ अंकले बढेको छ। सोमबार कारोबारमा आएका २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख रूपैयाँ बराबरको खरिदबिक्री भएको छ।

नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ। नेप्सेका १३ उपसमूह मध्ये अन्य उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ६.५२ प्रतिशत बढेको छ।

यस्तै जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। अन्य उपसमूहको परिसूचकभने २.२९ प्रतिशत घटेको छ। सोमबार आधा दर्जनभन्दा बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

जसमा गोर्खाज फाइनान्स, श्रृजनशील लघुवित्त, रिलायन्स फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, हिमालयन पावर बार्टनर र घलेम्दी हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर, नेपाल टेलिकमको सेयरमूल्य भने ५.५६ प्रतिशत घटेको छ। आज नेपाल टेलिकमको २० करोडभन्दा बढीको सेयर खरिद बिक्री भएको छ।

उपप्रधानमन्त्रीसहित नयाँ अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै सेयर लगानीकर्तामा उत्साह देखिएको छ।

प्रकाशित: ११ पुष २०७९ २१:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =