काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको निर्णय लिन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरूबारे छलफल भइरहेको छ।
आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरूसहित पद तथा गोपनीयताको शपथग्रहणको तयारी गरेका छन्।
प्रकाशित: ११ पुष २०७९ ९:२५
प्रतिक्रिया