ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग

हिमाल प्रेस १० पुष २०७९ २२:०३
10
SHARES
ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग काठमाडौँको ठमेल। फाइल तस्बिर।

काठमाडौँ– पर्यटन व्यवसायीहरूले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्। पर्यटन व्यवसायीहरूले नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेलमा पुग्ने गरेको भन्दै सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेका हुन्।

उनीहरूले नेपालमाभर पर्यटकको लागि आवश्यक सेवासुविधा ठमेलमा नै रहेको भन्दै नेपालको विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न आवश्यक रहेको बताए। ठमेल पर्यटन परिषद्का अध्यक्ष भविश्वर शर्माले नेपालको पहिलो पर्यटकीय नगरी ठमेल भएकाले सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताए।

९९ प्रतिशत पर्यटन व्यवसायी ठमेलमा नै रहेकाले नेपालमा आउने ८० प्रतिशत पर्यटकहरू ठमेलमा पुग्ने गरेको उनले जानकारी दिए। काठमाडौं महानगरले स्थानीय निर्वाचनपछि सार्वजनिक शौचालय घोषणा अभियान गरे पनि कार्यान्वयन नभएको भन्दै ठमेलमा सरकारले कम्तिमा ४ वटा सार्वजनिक शौचालय बनाउन आवश्यक रहेको बताए।

उनले सार्वजनिक शौचालय नहुँदा ठमेलमा पर्यटकहरू आउन नमान्ने गरेको समेत गुनासो गर्नुभयो। शर्माले ठमेलमा पर्यटक आगमन बढाउनको लागि सडक कालोपत्र,शान्ति सुरक्षा व्यवस्थित बनाउनु पर्नेमा जोड दिए। ‘सरकारले ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्‍यो। किनकि नेपालको पहिलो पर्यटकीय नगरी ठमेल हो। नेपालमा आउने ८० प्रतिशत पर्यटकहरू ठमेलमा आउँछन्।

 

नेपाल पर्यटन बोर्डको डाटाले पनि भन्छ। ठमेलमा भएका ९९ प्रतिशत पर्यटन व्यवसायी हुन्। नेपालभरको पर्यटकको लागि आवश्यक सेवासुविधा ठमेलमा छ। त्यस कारण पनि ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा हुनुपर्छ। अन्तर्राष्ट्रिय पर्यटक गन्तव्य ठमेललाई बनाउनु पर्‍यो। काठमाडौं महानगरपालिकाले सार्वनिक शौचालय बनाउने अभियान भए पनि ठमेलमा त्यस्तो भएको छैन। त्यसैले सरकारले वा महानगरले ठमेलमा ४/५ वटा सार्वजनिक शौचालय बनाउन आवश्यक छ। विदेशी पर्यटकलाई सहजता हुने थियो।

शौचालयको अभावमा पर्यटक ठमेल आउन नमान्ने गरेको पाइन्छ। सरकारले सडक व्यवस्थापन गरी ठमेलका सडम कालोपत्र गर्नु जरुरी छ। ठमेलमा रहेका अव्यवस्थित वस्तुहरूलाई व्यवस्थित गर्नुपर्छ। शान्ति सुरक्षाको व्यवस्थापन गर्न जरुरी छ। ठमेल व्यवसायी क्षेत्र मात्रै नभएर आवासीय क्षेत्र पनि हो। व्यवसायीहरू कानूनी रुपमा चल्नको लागि राज्यले त्यही खालको नीति बनाउनु पर्छ। सुरक्षाको लागि ५० जना सिभिलमा सुरक्षाकर्मी माग गरेका छौं।
सरकारले पर्यटक व्यवसायीहरूका माग पूरा गरे मात्रै ठमेल ठमेल जस्तो हुन्छ।

अध्यक्ष शर्माले पर्यटक आकर्षण बढाउनको लागि ठमेललाई ब्युटिफिकेशन गर्ने काम सुरु गरिएको बताए। उनले कोरोना महामारीपछि सिथिल बनेको पर्यटन क्षेत्र विस्तारै लयमा आउन थालेको बताए। उनले ठमेल क्षेत्र कारोना महामारीको कारण ९९ प्रतिशत थला परेको व्यवसाय लयमा आउन थालेको बताए।

अहिले ठमेलका होटलहरूमा ६० प्रतिशत बढी पर्यटकहरू रहेको उनले बताए। अध्यक्ष शर्माले एक महिनादेखि जारी ठमेलको तार व्यवस्थापन अभियानमा शनिबारसम्म ४५ टिपर तार व्यवस्थापन गरिएको बताए। अहिले ठमेलको ८५ प्रतिशत तार व्यवस्थापन भएको र १५ प्रतिशत तार व्यवस्थापन गर्न बाँकी रहेको बताए। ठमेलका हरेक गल्लीहरूमा बत्ति जडान गर्ने र सीसीक्यामारा जडान गर्ने तयारी रहेको पनि उनको भनाइ छ।

प्रकाशित: १० पुष २०७९ २२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =