इटहरी- नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की सर्वसम्मत रूपमा चयन भएका छन्। आइतबार (आज) १ बजेदेखि विराटनगरमा बसेको एमालेको बैठकले कार्कीलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।
यसअघि तीलकुमार मेन्याङ्बोको पनि नाम आएको थियो । तर, उनै मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की संसदीय दलको नेता चुनिएका हुन्। यसअघि शेरधन राई मुख्यमन्त्री हुँदा कार्की प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।
प्रकाशित: १० पुष २०७९ १६:२०
प्रतिक्रिया