महिलालाई एनजीओमा काम गर्न तालिवानले लगायो प्रतिबन्ध

हिमाल प्रेस ९ पुष २०७९ २१:३३
18
SHARES
महिलालाई एनजीओमा काम गर्न तालिवानले लगायो प्रतिबन्ध तालिवान सरकारका अधिकारीहरू। फाइल तस्बिर

काबुल– अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आइएनजीओ) मा काम गर्न प्रतिबन्ध लगाएको छ। सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्ने महिला कर्मचारीहरूले उचित ड्रेस कोड पालना नगरेको ‘गम्भीर गुनासो’ आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको अफगानिस्तानको अर्थ मन्त्रालयले शनिबार एएफपीलाई जानकारी दिएको छ।

‘इस्लामी हिजाबको पालन नगरिएको र राष्ट्रिय र अन्तर्राष्ट्रिय संगठनहरूमा महिलाहरूको कामसँग सम्बन्धित अन्य नियम र कानुनबारे गम्भीर गुनासो आएकोले उनीहरूलाई काम नलगाउन आग्रह गरिएको,’ गैरसरकारी संस्थाहरूलाई पठाइएको सूचनामा उल्लेख छ।

अर्थ मन्त्रालयका प्रवक्ताले उक्त आदेशबारे पुष्टि गर्दै सरकारको निर्देशनलाई पालना गर्न सबै संघ संस्थासँग आग्रह गरेको छ।

प्रकाशित: ९ पुष २०७९ २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fifteen =