१२ करोडको लागुऔषधसहित ६ जना काठमाडौँबाट पक्राउ

हिमाल प्रेस ८ पुष २०७९ २०:३४
4
SHARES
१२ करोडको लागुऔषधसहित ६ जना काठमाडौँबाट पक्राउ लागुऔषध कारोबारमा संग्लनहरू। तस्बिर- लागुऔषध नियन्त्रण ब्यूरो

काठमाडौँ– लागुऔषध कोकिन र चरेश कारोबारमा संलग्न ३ जना विदेशीसहित ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो।

ब्राजिलबाट ल्याइएको ५ केजी ६ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई गत पुस ६ गते पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धानको कामलाई अघि बढाइएको ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विकासराज खनालले जानकारी दिए।

प्रहरीले बरामद गरेको कोकिनको बजार मूल्य १२ करोड ९ लाख ६० हजार रुपैयाँ रहेको पनि जनाएको छ। यस्तै ३३ केजी चरेशसहित ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ।

यही पुस ४ गते काठमाडौँको चन्द्रागिरि बस्ने वर्ष ६४ का अल्कबहादुर तामाङ, धादिङका २७ वर्षकी स्यानी चेपाङ, सोही ठाउँका चम्पे चेपाङ र ६५ वर्षका भारतीय नागरिक शरप ल्याल्टसेनलाई पक्राउ गरिएको पनि लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। उनीहरूबाट बरामद गरिएको चरेशको बजार मूल्य १८ लाख १५ हजार रहेको ब्यूरोका एसएसपी खनालले बताए।

प्रकाशित: ८ पुष २०७९ २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =