सुदूरपश्‍चिमबाट राष्ट्र बैंकको डिजिटल साक्षरता अभियान सुरु

हिमाल प्रेस ८ पुष २०७९ १४:५७
4
SHARES
सुदूरपश्‍चिमबाट राष्ट्र बैंकको डिजिटल साक्षरता अभियान सुरु

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सुदूरपश्चिमको दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ गरेको छ। खलंगामा शुक्रबार आयोजित कार्यक्रमकाबीच गभर्नर डा. महाप्रसाद अधिकारी डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरेका हुन्।

सोही अवसरमा बोल्दै अधिकारीले डिजिटल कारोबारलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्न कार्यक्रम सुरु गरिएको बताए। ‘क्युआर कोडबाट मात्र मासिक ४२ लाखभन्दा बढी पटक कारोबार भइरहेको छ,’ उनले भने, ‘यो आफैंमा उत्साहजनक अवस्था हो, यसलाई थप प्रवर्द्धन आवश्यक छ।’

डिजिटल कारोबारलाई ‘पारदर्शीताको मेरुदण्ड’ भन्दै गभर्नर अधिकारीले यसबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवर्द्धनमा समेत टेवा पुग्ने धारणा राखे। विद्युतीय भुक्तानी कारोबारलाई प्रवर्द्धन र प्रोत्साहन गर्न राष्ट्र बैंकले पछिल्ला वर्षमा नीतिगत व्यवस्थालाई अवलम्बन गर्दै आएको छ।

आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीतिमा चालु आर्थिक वर्षलाई ‘विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्ष’का रूपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिनेसमेत उल्लेख गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =