घट्यो सुनचाँदीको मूल्य

हिमाल प्रेस ८ पुष २०७९ ११:२२
8
SHARES
घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ- नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ।

हिजो प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख तीन सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन मूल्य एक लाख एक हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार तीन सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९४ दशमलव आठ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ।

प्रकाशित: ८ पुष २०७९ ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =