इन्भेष्टमेण्ट बैंकले ११ प्रतिशत लाभांश दिने

हिमाल प्रेस ७ पुष २०७९ १४:४४
इन्भेष्टमेण्ट बैंकले ११ प्रतिशत लाभांश दिने

काठमाडौँ– नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ११ प्रतिशत लाभांश दिने भएको छ। बिहीबार बैंकको ३६औँ वार्षिक साधारणसभाले ४ प्रतिशत बोनश सेयर र ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

आर्थिक वर्ष २०७८/७९ मा इन्भेष्टमेण्ट बैंकले ६ अर्ब २८ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। आव २०७८/७९ को बोनश सेयरसमेत बैंकको चुक्ता पुँजी १९ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष १ खर्ब ७९ अर्ब ४९ करोड रहेको निक्षेप आव २०७८/७९ मा १ खर्ब ८६ अर्ब ७६ करोड पुगेको छ।  कर्जा लगानी १ खर्ब ६४ अर्ब ८२ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ।

प्रकाशित: ७ पुष २०७९ १४:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 20 =