विंगर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

हिमाल प्रेस ७ पुष २०७९ १३:४५
4
SHARES
विंगर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु सांकेतिक तस्बिर।

धनुषा- धनुषाको सबैला नगरपालिकामा विंगर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।

धनुषाको वीरेन्द्र बजारबाट सबैलातर्फ जाँदै गरेको ना ५ज ८४४० नंको विंगर र ज११प ५४७३ नम्बको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनुषाको सहिदनगर नगरपालिका–५ धवौली निवासी २० वर्षीय अरुण मण्डल र २५ वर्षीया ज्ञानी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी अरुणको घटनास्थलमै र ज्ञानीको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

मृतक दुवैको शव परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ थियो।

प्रकाशित: ७ पुष २०७९ १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =