तीन लाख नगदसहित ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ दिइँदै

हिमाल प्रेस ७ पुष २०७९ १२:०३
6
SHARES
तीन लाख नगदसहित ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ दिइँदै

काठमाडौँ- एनसेलले ‘वुमन आइकन आईसीटी अवार्ड’ प्रदान गर्ने भएको छ। भोलि (शुक्रबार) काठमाडौँमा हुने आईसीटी अवार्डको ग्राण्ड फिनालेमा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो।

कार्यक्रममा वुमन आइकनसहित १२ विधामा आईसीटी अवार्ड वितरण गरिँदैछ। एनसेलले अवार्ड विजेतालाई तीन लाख नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने जनाएको छ।

एनसेलले दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूलाई सम्मान र उत्प्रेरित गर्न वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्दै आएको छ।

गत वर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’बाट सम्मानित भएकी थिइन्।

प्रकाशित: ७ पुष २०७९ १२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =