सर्लाही- चिसोका कारण सर्लाहीमा दुई जनाको मृत्यु भएको छ। सर्लाहीको हरिपुर नगरपालिका–९ पिटारीटोलका एक जना र वडा नम्बर लक्ष्मीपुरका एकजनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानीय ५० वर्षीय राजेन्द्र चौधरी र ८० वर्षीय रामगत माझी रहेका छन्। राजेन्द्रको पुस ३ गते नै मृत्यु भएको थियो। तर स्थानीयले मंगलबार मात्र खबर गरेका थिए। उनलाई रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो।
यस्तै माझीको पनि ४ गते नै मृत्यु भएको थियो। प्रहरीलाई भने स्थानीयले मंगलबार दिउँसो खबर गरेका थिए।
उनको पनि श्वासप्रश्वासमा देखिएको समस्याका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित: ६ पुष २०७९ ७:४८
प्रतिक्रिया