काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभाका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन सचेत गराएको छ।
आयोगले मंगलबार सूचना प्रकाशन गर्दै मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विजयी भएका तथा नभएका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन सचेत गराएको हो।
आयोगका अनुसार उम्मेदवारले निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको ३५ दिनभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च बुझाउनु पर्ने छ।
निर्वाचन खर्च विवरण समयमा नबुझाउने उम्मेदवारलाई कानुन बमोजिम जरिवाना हुने आयोगले जनाएको छ ।
केही उम्मेदवारले विवरण बुझाइसकेका छन् भने केहीले अझै बुझाएका छैनन्।

प्रकाशित: ६ पुष २०७९ ७:१० | Wednesday, December 21, 2022
प्रतिक्रिया



