सिभिल बैंकको ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सुरु

हिमाल प्रेस ३ पुष २०७९ १६:०२ | Sunday, December 18, 2022
सिभिल बैंकको ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सुरु

काठमाडौँ– सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सुरु गरेको छ। ‘गो क्यासलेस’ अभियानअन्तर्गत सुरु भएको ‘अप्पन जनकपुर’मा ग्राहकले ससाना कारोबार डिजिटल रूपमा भुक्तानी गर्न सक्नेछन्।
अब सिभिल बैंकका ग्राहकले जनकपुरमा टेम्पो भाडा, मन्दिरमा भेटी, पानीपुरी, जुत्ता मर्मत, शौचालयको शुल्कसमेत क्यूआर स्क्यान गरी भुक्तानी गर्न पाउने भएका छन्।

यसले गर्दा ग्राहकलाई सहज हुने, नगद बोक्नु नपर्ने, राष्ट्र बैंकको विद्युतीय भुक्तानी अभियान पनि पूरा हुने सिभिल बैंकले विश्वास लिएको छ।

प्रकाशित: ३ पुष २०७९ १६:०२ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast