काठमाडौँ- सानिमा बैंक लिमिटेडले दराज १२.१२ योजनासँग सहकार्य गरेको छ। योजना अवधिभर ग्राहकले दराजबाट सामान खरिद गर्दा छुट प्राप्त गर्न सक्नेछन्। छुटका लागि ग्राहकले बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्ने हुन्छ।
यसअनुसार ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजारसम्म छुट पाउनेछन्। क्रेडिट कार्डबाट भुक्तानी गर्दा १२ प्रतिशत वा बढीमा एक हजार २१२ रुपैयाँ छुट उपलब्ध हुने जनाइएको छ।
सानिमा क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी सामान खरिद गर्ने सुविधा पनि प्राप्त गर्ने बैंकले जनाएको छ। मंसिर २६ देखि सुरु भएको योजना पुस ३ गतेसम्मका लागि लागू हुनेछ।
प्रकाशित: २६ मंसिर २०७९ १२:५७ | Monday, December 12, 2022
प्रतिक्रिया





