केही सांसदले सहमतिविपरीत मतपत्रको फोटो खिचे : गगन थापा

हिमाल प्रेस ६ पुष २०७९ १०:१४ | Wednesday, December 21, 2022
केही सांसदले सहमतिविपरीत मतपत्रको फोटो खिचे : गगन थापा

काठमाडौँ- कांग्रेसका महामन्त्री एवं संसदीय दलको नेताका उम्मेदवार गगन थापाले केही सांसदले मतपत्रको फोटो खिचेको भन्दै आपत्ति जनाएका छन्। मतदान केन्द्र बाहिर नेता कुरेर बस्ने र मत हालेको मतपत्रको फोटो खिच्ने गरेको भन्दै उनले आपत्ति जनाएका हुन्।

‘मतदान केन्द्रमा केही सांसदले फोटो खिच्नु भयो, अशोभनीय देखियो,’ उनले भने, ‘१०–११ जना सांसदले यस्तो गर्नुभयो।’

उनले मतपत्रको फोटो खिच्नेहरूलाई सामाजिक सञ्जालमा सेयर गर्न आग्रह पनि गरेका छन्। ‘खिच्ने साथीहरूलाई के भन्छु भने आफूले खिचेको फोटो बेलुकी सामाजिक सञ्जालमा सेयर गर्न आग्रह गर्दछु,’ उनले भने।

यसअघि मतपत्रको फोटो खिच्न नपाउने सहमति गरेर मतदान सुरु भएको थियो।

प्रकाशित: ६ पुष २०७९ १०:१४ | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast