प्रतीकात्मक तस्बिर।
सल्यान- सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
शारदा नगरपालिका १० पैयाखर्क घर भएका ५० वर्षीय झुपबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै घरमा रहेको मसला पिस्ने मिल चलाउँदा करेन्ट लागेर सोमबार साँझ ५ बजेतिर घटनास्थलमै बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए।
प्रकाशित: २७ मंसिर २०७९ ६:२९ | Tuesday, December 13, 2022
प्रतिक्रिया





