सर्लाहीमा कुटपिटबाट वृद्धाको मृत्यु

हिमाल प्रेस २६ मंसिर २०७९ १९:३३ | Monday, December 12, 2022
सर्लाहीमा कुटपिटबाट वृद्धाको मृत्यु प्रतीकात्मक तस्बिर।

सर्लाही– सर्लाहीको चक्रघट्टा गाउँपालिकामा कुटपिटबाट सोमबार एक वृद्धाको मृत्यु भएको छ। चक्रघट्टा २ बेल्हीमा कुटपिटबाट जयसी रायकी ७० वर्षीय श्रीमती सागरदेवी रायको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलले जानकारी दिए।

छिमेकी पुकार रायसँग जग्गाको विषयमा विवाद हुँदा कुटपिटबाट रायको ज्यान गएको हो। पुकार रायको घर परिवारका सदस्यको कुटाइबाट आफ्नी आमाको मृत्यु भएको मृतककी छोरी सिकिलियादेवी यादवको आरोप छ। मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्नहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको एसपी पोखरेलले बताए।

प्रकाशित: २६ मंसिर २०७९ १९:३३ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast