सम्बन्ध विच्छेदपछि पहिलोपटक कान्येबारे बोलिन् किम

हिमाल प्रेस १३ पुष २०७९ १४:५२ | Wednesday, December 28, 2022
सम्बन्ध विच्छेदपछि पहिलोपटक कान्येबारे बोलिन् किम

काठमाडौँ- अमेरिकी टेलिभिजन सेलिब्रिटी किम कार्दसियन आफ्ना पति कान्ये वेस्टबाट अलग्गिएकी छन्। उनीहरूको सम्बन्ध विच्छेद भइसकेको छ।

श्रीमान्बाट छुट्टिएपछि किमले पहिलोपटक सार्वजनिक रूपमा मुख खोलेकी छन्। एक अन्तर्वार्तामा उनले कान्येसँग मिलेर छोराछोरी हुर्काउँदाका चुनौतीबारे कुराकानी गरेकी छन्।

‘सह-अभिभावकत्व गाह्रो छ,’ अन्तर्वार्तामा उनले भनिन्, ‘यो साँच्चैमा गाह्रो छ।’

एन्जी मार्टिनेजसँग ‘आईआरएल’ पोडकास्टमा बोल्दा किमले आफ्नो बुबा रोबर्ट कार्दसियनलाई सम्झिएकी थिइन्। बुबाबारे कुरा गर्दा उनी भावुक भएकी थिइन्। रोबर्टको मृत्यु सन् २००३ मा भएको थियो।

‘मेरो बुबा एकदमै राम्रो हुनुहुन्थ्यो,’ उनले भनेकी थिइन्, ‘मसँग बाल्यकालका मीठा सम्झना छन्। आफ्ना सन्तानका लागि पनि म यही चाहन्छु। उनीहरूले बाल्यावस्थामा भोलिका लागि सुन्दर सम्झना सँगालुन्।’

किमबाट अलग भएपछि कान्येले उनीबारे अनर्गल प्रचार गरेका थिए। तर, पूर्वश्रीमान्विरुद्ध किमले केही पनि भनिनन्। त्यसका लागि भविष्यमा छोराछोरीले आफूलाई धन्यवाद दिने उनले अन्तर्वार्तामा बताएकी छन्।

‘उनीहरूको बुबालाई गाली नगरेको मेरा सन्तानले भोलिका दिनमा मलाई धन्यवाद दिनेछन्,’ उनले भनिन्, ‘तर, मैले उनीहरूसँग केही कुरा लुकाउनेछैन।’

प्रकाशित: १३ पुष २०७९ १४:५२ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast