 
                             
                                            काठमाडौँ- संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सर्वोच्च अदालतलाई जवाफी पत्र लेखेका छन्। सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले आज आइतबार गौतमले लेखेको जवाफी पत्र आइपुगेको हिमालप्रेसलाई जानकारी दिए।
पत्र आज आइतबार सर्वोच्च अदालतका मुख्य रजिष्टारसमक्ष पुगिसकेको छ। उनले सर्वोच्चको पूर्ण बैठकले २१ गते सोधेका प्रश्नको जवाफ पनि संवैधानिक इजलासमै दिने जवाफ पेस गरेका छन्। महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाअभियोग ‘निष्प्रभावी’ भएको पत्र दिएपछि सर्वोच्च अदालतको मंसिर २१ गते बसेको पूर्ण बैठकले उनीसँग जवाफ माग गरेको थियो।
त्यसका साथै मंसिर २३ गतेको संवैधानिक इजलासले उक्त पत्र कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गर्दै जवाफ मागेको थियो।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 