काठमाडौँ- नेपालका लागि जापानी राजदूतावासले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विश्व भाषा क्याम्पसलाई १६८ किताब हस्तान्तरण गरेको छ।
राजदूत किकुता युताकाले विश्वभाषा क्याम्पसका प्रमुख डा. यादवराज पन्तलाई १६८ जापानिज् किताब हस्तान्तरण गरेका हुन्। पुस्तक निप्पोन फाउन्डेशनको ‘रिड जापान प्रोजेक्ट’ले सहयोग गरेको हो।
पुस्तक हस्तान्तरण समारोहपछि रादजूत किकुताले क्याम्पसका शिक्षक, प्राध्यापकका साथै विद्यार्थीसँग भेटघाट गरेका थिए। उक्त भेटघाटमा किकुताले भने, ‘भाषा सिक्नु भनेको लेख्न र बोल्न जान्नु मात्रै होइन, नयाँ देशको संस्कृति र संस्कार पनि जान्नु हो।’
भेटघाटमा विद्यार्थीले राजदूतसँग अन्तरक्रिया गर्नुका साथै जापानको बारेमा जिज्ञासासमेत राखेका थिए।

                            प्रकाशित: २२ मंसिर  २०७९ ११:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             

