वामपन्थी एकताका लागि क्रियाशील छौं : महेश बस्‍नेत

हिमाल प्रेस १६ पुष २०७९ १६:३५ | Saturday, December 31, 2022
वामपन्थी एकताका लागि क्रियाशील छौं : महेश बस्‍नेत महेश बस्नेत।

काठमाडौँ– नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आफूहरू वामपन्थी एकताका लागि सक्रिय भएको बताएका छन्। शनिबार काठमाडौँमा रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

निर्वाचनले पुराना दलहरूलाई गम्भीर समीक्षा गरेर अघि बढ्न संकेत गरेकाले आफूहरू वामपन्थीहरूबीच एकताका लागि क्रियाशील रहेको उनले स्पष्ट पारे। पुराना दलप्रति जनताले वितृष्णा देखाएको पनि उनको भनाइ छ। यी दलप्रति जनताको आक्रोशका कारण स्वतन्त्र, जनमत पार्टीहरू नयाँ ढंगले उदाउने परिस्थिति बनको उनले बताए।

उनले नेपालमा कम्युनिष्टमध्ये एमाले सबैभन्दा ठूलो पार्टी रहेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको नेतृत्व गर्ने दाबी गरे। ओलीले मुलुकलाई सही दिशामा लैजानका लागि पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे।

प्रकाशित: १६ पुष २०७९ १६:३५ | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast