युरोपबाट सानिमा बैंकमा रेमिट्यान्स पठाउन सकिने

हिमाल प्रेस ८ पुष २०७९ १२:२८ | Friday, December 23, 2022
युरोपबाट सानिमा बैंकमा रेमिट्यान्स पठाउन सकिने

काठमाडौँ– स्माल वर्ल्ड फाइनान्सियल सर्भिसको प्रयोग गरी युरोपको जुनसुकै देशबाट सानिमा बैंकमा रेमिट्यान्स पठाउन सकिने भएको छ। यसको लागि सानिमा बैंक लिमिटेड र स्माल वल्र्ड फाइनान्सियल सर्भिसबीच सम्झौता भइसकेको छ। रेमिट्यान्स पठाउन स्माल वर्ल्डको वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ। यसरी पठाइएको रकम सानिमा बैंकको रेमिट्यान्स सेवा प्रयोग गरी नेपालभर रहेका १६ हजारभन्दा बढी प्रतिनिधिमार्फत् भुक्तानी लिन सकिन्छ।

त्यस्तै युरोपबाट सिधै सानिमा बैंकका साथै कुनै पनि बैंकको खातामा ‘रियल टाइम’ रकम जम्मा गर्न पनि सकिने सम्झौता भएको छ। सानिमा बैंकले यसअघि नै यूएई, मलेसिया, कतार, बेलायत, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिकालगायत देशमा रेमिट्यान्स सेवा दिइरहेको छ।

प्रकाशित: ८ पुष २०७९ १२:२८ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast