यस्तो छ आजको मौसम

हिमाल प्रेस १५ पुष २०७९ ६:५४ | Friday, December 30, 2022
यस्तो छ आजको मौसम प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ।

आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भूभागमा हुस्सुरकुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ। आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित: १५ पुष २०७९ ६:५४ | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast