मुगुका बाढी पहिरोपीडितलाई राहत वितरण

हिमाल प्रेस २८ मंसिर २०७९ २०:०८ | Wednesday, December 14, 2022
मुगुका बाढी पहिरोपीडितलाई राहत वितरण मुगुका बाढी पहिरोपीडित। फाइल तस्बिर

मुगु – मुगुका बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण गरिएको छ। गत असोज १९ गतेदेखि २४ गतेसम्म आएको वर्षासँगैको बाढीपहिरोबाट घर गुमाएका पीडित १ सय ८ जनालाई राहतसँगै सरसफाइ सामग्री वितरण गरिएको हो।

सीबीएम नेपालको आर्थिक सहयोग तथा आइएनएफ नेपाल मुगुको आयोजनामा छायाँनाथ रारा नगरपालिका वडा ४, ६, ७, १०, १२ का १ सय ८ जनालाई २५ केजी चामल, २ केजी दाल, २ केजी चिनी, नुन १ केजी, सोयाबिन १ केजी, मसलालगायत आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको सहयोगी संस्था आइएनएफ नेपाल मुगुले जनाएको छ।

यसैबीच बाढीपहिरो पीडितलाई सरसफाइ सामग्री साबुन, काइँयो, नेलकटर, ऐनालगायत वितरण गरिएको छ। यस्तै पहिरोपीडित अतिविपन्न २३ जना बालबालिकाको शैक्षिक सुधारका निम्ति शैक्षिक सामग्री पनि वितरण गरिएको आइएनएफ नेपाल मुगुका परियोजना अधिकृत अर्पिता कार्कीले बताइन्।

छायाँनाथ रारा नगरपालिकासँग समन्वय गरेर नगरपालिकाले पहिरोपीडितका तथ्यांकका आधारमा घर गुमाएका अतिविपन्न परिवारलाई राहत वितरण गरिएको उनले जानकारी दिइन्। उक्त राहत छायाँनाथ रारा नगरपालिकामा मात्र नभई सोरु गाउँपालिकामा पनि पहिरोपीडित ६० जनालाई र खत्याड गाउँपालिकामा ६८ जनालाई सहयोग गरिने परियोजना अधिकृत कार्कीको भनाइ छ।

मंगलबार छायानाथ रारा नगरपालिकाकाका प्रमुख विष्णु भामको उपस्थितिमा नगरपालिकाभित्रका बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको हो। अन्य गाउँपालिकामा पनि गाउँपालिकासँग समन्वय गरेर राहत वितरण गरिने बताइएको छ। १७ लाख रुपैयाँ बराबरको खाद्यान्न, सरसफाइ सामग्री र शैक्षिक सामग्री पहिरोपीडितलाई सहयोग गरिने आइएनएफ नेपाल मुगुले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०७९ २०:०८ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast