महावै गाउँपालिकालाई १६ लाख बराबरको स्वास्थ्य सामग्री

हिमाल प्रेस ५ पुष २०७९ १२:२८ | Tuesday, December 20, 2022
महावै गाउँपालिकालाई १६ लाख बराबरको स्वास्थ्य सामग्री

सुर्खेत- कर्णाली प्रदेशको कालिकोट जिल्लाको महावै गाउँपालिकाका स्वास्थ्य संस्थाहरूका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि र उपकरण सहयोग गरेको छ।

गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले केही औषधि र आवश्यक उपकरणको माग गरेपछि मन्त्रालयले माग गरिएका सामग्री गाउँपालिका लाई हस्तान्तरण गरिएको हो।

मन्त्रालयले १५ वटा अक्सिजन सिलिन्डर, पीपी सेट, नेमोलाइजर मेसिन आवश्यक औषधि सहयोग गरेको छ। महावैले अहिले १५ शैयाको अस्पतालको सेवा ओदा फाउन्डेसनबाट दिरहेको अध्यक्ष खेमबहादुर सिंहले बताए।

गाउँपालिकाका सवै स्वास्थ्य संस्थाहरूबाट सहज र सरल रूपमा नागरिकलाई सेवा दिन मन्त्रालयमा सो सामग्रीसहितको माग गरेको बताए।

प्रकाशित: ५ पुष २०७९ १२:२८ | Tuesday, December 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast