मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु, चार अर्ब लागत

हिमाल प्रेस १९ मंसिर २०७९ १६:०२ | Monday, December 5, 2022
मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु, चार अर्ब लागत

काठमाडौँ– पर्वतस्थित मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ। मिडिल मोदी हाइड्रोपावर लिमिटेडले ०७१ साल मंसिरमा सुरु गरेको आयोजना ८ वर्षको अवधिमा सम्पन्न भएको हो।

करिब ४ अर्बको लगानीमा निर्माण भएको आयोजनाबाट सोमबार (आज) देखि परीक्षण उत्पादन सुरु गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाइनमा जडान गर्ने कार्यको अध्ययन गरिरहेको उनको भनाइ छ।

निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड-१९ को असरका कारण आयोजना पाँच वर्षपछि धकेलिएको थियो। सुरुवातमा २ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण चौधरी ग्रुपलले गरेको हो।

आयोजना प्रमुख खरेलका अनुसार परीक्षण उत्पादन सुरु गरेपछि उत्पादित विद्युत् १३२ केभी क्षमताको मोदी-लेखनाथ सबस्टेसनमा जडान गर्ने तयारी भइरहेको छ।

१४ दिनसम्मको परीक्षणपछि यसबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने छ।

पर्वतको मोदी गाउँपालिका-२ केंगामा पावर हाउस राखिएको आयोजनाको बाँध भने कास्कीको अन्नपूर्ण गाउँपालिका-३ वीरेठाँटीमा छ। निर्माण सुरु गर्ने बेलामा १५.१ मेगावाट क्षमतामा आयोजना सञ्चालन गर्ने भनिए पनि निर्माण कार्य सँगसँगै क्षमता बढेर १८ मेगावाट पुगेको छ।

प्रकाशित: १९ मंसिर २०७९ १६:०२ | Monday, December 5, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast