मतपरिणाम बदर गर्न माग गर्दै झलनाथद्वारा सर्वोच्चमा रिट

हिमाल प्रेस २८ मंसिर २०७९ ७:१७ | Wednesday, December 14, 2022
मतपरिणाम बदर गर्न माग गर्दै झलनाथद्वारा सर्वोच्चमा रिट

काठमाडौँ- सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै आज रिट निवेदन दाएर गरेका छन्।

रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग छ।

संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित संघीय संसद् सचिवालय विपक्षी बनाएको छ।

प्रकाशित: २८ मंसिर २०७९ ७:१७ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast