भेटेरिनरी एशोसिएसनले हाफ म्याराथन आयोजना गर्ने

हिमाल प्रेस ७ पुष २०७९ २०:५० | Thursday, December 22, 2022
भेटेरिनरी एशोसिएसनले हाफ म्याराथन आयोजना गर्ने

काठमाडौँ– नेपाल भेटेरिनरी एशोसिएसनले माघ ७ गते ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन गर्ने भएको छ। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एशोसिएसनले यसबारेमा जानकारी गराएको हो। प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसाथ गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले हाफ म्याराथनको आयोजना गरेको आयोजकले जनाएको छ।

प्रतियोगितामा विभिन्न विधाका दौड हुनेछन्। माघ ७ गते बिहान ७ बजे दशरथ रंगशालाबाट शुरु भएको म्याराथन सोही स्थानमा आइ समापन हुनेछ। कार्यक्रममा विभिन्न विधामा गरी ३ हजार व्यक्ति सहभागी हुने अनुमान आयोजकको छ।

यो म्याराथन गत वर्ष आयोजना भएको रन फर प्रोटिन हाफ म्याराथनको दोस्रो एपिसोड हो। गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम हुनुभएको थियो भने पुरुषतर्फ तीर्थ पुन प्रथम भएका थिए। प्रतियोगितामा खुलातर्फ पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) र ३ किमि (महिला) र फरक क्षमता भएका व्यक्तिहरूको लागि ह्वीलचेयर विधाका दौडहरू समावेश गरिएका छन्।

कार्यक्रमको पुरस्कार राशि करसहित १३ लाख ७६ हजार ६६६ रहेको छ। करबाहेक भने १० लाख ३२ हजार ५ सय रहेको आयोजकले जनाएको छ। हाफ म्याराथनमा प्रथम पुरस्कार १ लाख, पाचौं स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।

आफूले भाग लिएको विधामा दौड पूरा गर्ने प्रतियोगीलाई मेडलको व्यवस्था गरेको आयोजकले जनाएको छ।

प्रकाशित: ७ पुष २०७९ २०:५० | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast