भक्तपुरबाट ९ लाख ५० हजार मूल्यको सुन चोरी

हिमाल प्रेस २९ मंसिर २०७९ २०:०९ | Thursday, December 15, 2022
भक्तपुरबाट ९ लाख ५० हजार मूल्यको सुन चोरी सांकेतिक तस्बिर।

भक्तपुर– मध्यपुरथिमि नगरपालिका १ लोकन्थलीमा ९ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको छ। सोही स्थानमा डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका २ घर भएका ३२ वर्षीय धीरज अरगरियाको डेराबाट बिहीबार उक्त मूल्य बराबरको गहना चोरी भएको हो।

महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको सुनका गरगहना चोरी गरेको हो। घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाएर चोरीमा संलग्नको खोजी सुरु गरेको प्रहरी वृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ।

प्रकाशित: २९ मंसिर २०७९ २०:०९ | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast