बलिउड अभिनेता ओवराय पोखराको जिपलाइनमा

हिमाल प्रेस १ पुष २०७९ १९:५० | Friday, December 16, 2022
बलिउड अभिनेता ओवराय पोखराको जिपलाइनमा

पोखरा- बलिउड अभिनेता विवेक ओवरायले पर्यटकीय सहर पोखरामा जिपलाइन, स्वीङको मज्जा लिएका छन्। परिवारका सदस्यसहित बुधबार नेपाल घुम्न आएका आवराय शुक्रबार पोखरा आएका हुन्। उनले सराङकोट पुगेर बिहान ११ बजे हाइग्राउण्ड एड्भेन्चर्स नेपाल प्रालिद्वारा संचालित सो जिपलाइन तथा स्वीङ गरेका हुन्।

साहसिक पर्यटकीय प्रोडक्ट जिपलाइन, स्वीङ गरिसकेपछि ओवरायले आफूलाई निकै रमाइलो लागेको प्रतिक्रिया दिएको हाइग्राउण्ड एड्भेन्चर्स नेपाल प्रालिका निर्देशक दिनेश महर्जनले बताए। ओवरायकी १० वर्षीया छोरीले पनि बाबुसँगै जिपलाइन गरेकी थिइन् । आजभन्दा दशकअघि हाइग्राउण्ड एड्भेन्चर्सले पोखरामा पहिलोपल्ट जिप लाइन र बञ्जीजम्प भित्राएको थियो । उसले पछिल्लो समय स्वीङसहित एटिभी राइडिङ समेत सुरु गरेको छ।

पहिलो पल्ट नेपाल आएका ओवरायले पोखरा धेरै राम्रो सहर रहेको बताउँदै उनले समय मिले फेरि पनि घुम्न आउने बताएका छन्। आमाबाबु, श्रीमती, बहिनीज्वाइँ, ४ जना छोराछोरी सहित १० सदस्यीय ओवरायको टोली शुक्रबार सराङकोट बसेको छ।

उनी व्यवसायी पूनम यादवको निम्तोमा नेपाल आएका हुन् । उनी करिब १० दिन नेपालमा रहने बताइएको छ । उनले आफ्ना मातापिता धेरै पटक नेपाल आएकोमा आफू भने पहिलो पल्ट आउँदा निकै उत्साहित भएको बताए।

नेपाल बसाइँमा उनले पशुपतिनाथ दर्शनसहित सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी, म्याग्दीको घोरेपानी लगायत क्षेत्र घुम्ने कार्यक्रम छ।

प्रकाशित: १ पुष २०७९ १९:५० | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast