फारवेस्टले लुम्बिनीलाई दियो १३८ रनको लक्ष्य

हिमाल प्रेस १३ पुष २०७९ १०:३४ | Wednesday, December 28, 2022
फारवेस्टले लुम्बिनीलाई दियो १३८ रनको लक्ष्य

काठमाडौँ- नेपाल टि२० लिग अन्तर्गत बुधबारको पहिलो खेलमा फारवेस्ट युनाइटेडले लुम्बिनी अल स्टार्सलाई १३८ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ गरेको फारवेस्टलाई ओपनर देव खनालले बलियो सुरुवात दिलाएका थिए। उनले ४२ बल सामना गर्दा पाँच चौकासहित ४८ रन जोडे।

अर्का ओपनर हसिम अन्सारी ११ रनमा आउट भएपछि ब्याटिङमा गएका कप्तान हस्मतुल्लाह शहिदीले ३२ रन जोडे। तर बाँकी ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

फारवेस्टका लागि भिम शार्कीले १५, विनोद भण्डारीले ११ र उमैर अलीले १ रन बनाए। अविजित रहेका करण केसीको नाममा १२ रन रह्यो।

फारवेस्टलाई मध्यम योगफलमा रोक्न लुम्बिनीका शाड्ले भान शाल्विकले दुई विकेट लिए। त्यसैगरी हरमित सिंह, किशोर महतो र सागर ढकालले एक–एक विकेट हात पारे।

हाल सम्म एकै खेल नहारेको लुम्बिनी ६ अंकसहित शीर्षस्थानमा छ। दुई खेल खेल्दा एकमा मात्र जित हात पारेको फारवेस्ट भने चौथो स्थानमा छ। कुल ६ टिम सम्मिलित लिगमा लगातार तीन खेल हारेको पोखरा एभेन्जर्स र र्दुइ खेल हारेको विराटनगर सुपर किंग्स क्रमशः छैटौँ र पाँचौँ स्थानमा छन्।

प्रकाशित: १३ पुष २०७९ १०:३४ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast