प्रभु साहले घोषणा गरे आम जनता पार्टी

हिमाल प्रेस १४ पुष २०७९ १७:२४ | Thursday, December 29, 2022
प्रभु साहले घोषणा गरे आम जनता पार्टी

काठमाडौँ- प्रतिनिधिसभाका स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन्। आज बिहीबार काठमाडौँमा एक कार्यक्रम गरेर उनले आम जनता पार्टी (आजपा) घोषणा गरेका हुन्।

उनी रौतहट-३ बाट निर्वाचित सांसद हुन्। काठमाडौंस्थित क्रिस्टल पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर साहले ‘आम जनता पार्टी’ घोषणा गरेका हुन्। मंसिर ४ को चुनावअघि नेकपा एमालेले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका उनलाई रौतहट ३ मा कांग्रेस- माओवादीसहितको गठबन्धनले साथ दिएको थियो।

साहले बिहीबार ५१ सदस्यीय केन्द्रीय तदर्थसमितिसहितको कमिटी घोषणा गरेका छन्। साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन पनि गरेका छन्। उनले पार्टी प्रवेशकै लागि प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेट गरेका थिए। उनीहरूसँग कुरा नमिलेपछि आफैँले पार्टी खोलेका छन्।

प्रकाशित: १४ पुष २०७९ १७:२४ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast