प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेस

हिमाल प्रेस १० पुष २०७९ १७:२९ | Sunday, December 25, 2022
प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेस

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ। नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रधानमन्त्री बनाउन प्रचण्डको नाम प्रस्तावित भएको हो।

प्रस्ताव पेस भएसँगै राष्ट्रपति विद्या भण्डारीलाई अब प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको छ। नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफैँ राख्ने अडान राखेपछि प्रचण्ड पहिलो चरणमै आफू प्रधानमन्त्री बन्न एमालेको शरणमा पुगेका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा १६६ को बहुमत पुग्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई सरकार गठनका लागि आइतबार (आज) अपराह्न ५ बजेसम्मको समयसीमा दिएकी थिइन्।

यी दलका नेतृत्व गरेका छन् प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर

प्रकाशित: १० पुष २०७९ १७:२९ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast