प्रदीप पौडेलले भने : रेशम चौधरीलाई माफी दिन ल्याइएको अध्यादेश गलत छ

हिमाल प्रेस २६ मंसिर २०७९ १५:५२ | Monday, December 12, 2022
प्रदीप पौडेलले भने : रेशम चौधरीलाई माफी दिन ल्याइएको अध्यादेश गलत छ

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता तथा नवनिर्वाचित सांसद प्रदीप पौडेलले सरकारले आइतबार ल्याएको अध्यादेश गलत भएको बताएका छन्। टिकापुर हत्याकान्डमा दोषी ठहर भई जेल सजाय भोगी रहेका रेशम चौधरीलाई माफी दिन सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि उनले आपत्ति जनाएका हुन्।

पौडेलले अध्यादेश हिजो र आज दुवै समयमा गलत भएको बताए। पुरानै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास हुनै नसक्ने उनको भनाइ छ। समस्याको समाधान अध्यादेशमार्फत नभई संसद्‌मार्फत गर्न सरकारलाई पौडेलले आग्रह गरेका छन्।

‘अध्यादेश हिजो पनि गलत थियो, आज पनि। पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ?,’ उनले भनेका छन्, ‘सबै विषयहरूको उचित हल हतारोमा अध्यादेशमार्फत् होइन, नव निर्वाचित संसद मार्फत् खोजौँ।’

नेपाली कांग्रेसका अन्य दुई युवा नेता महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि अध्यादेश ल्याउनु गलत भएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले पार्टीमा छलफल नगरी अध्यादेश ल्याएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको पनि आलोचना गरेका छन्।

प्रकाशित: २६ मंसिर २०७९ १५:५२ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast