प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय

हिमाल प्रेस १० पुष २०७९ १५:४५
प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने निर्णय भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बालुवाटारमा नेपाली कांग्रेससहितको गठबन्धनको बैठकमा पहिलो चरणमा प्रचण्डले प्रधानमन्त्री नपाउने भएपछि उनी ओली निवास बालकोट पुगेका थिए। बालकोटमा एमालेसँगै, माओवादी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र जनमत पार्टीका शीर्ष नेताबीच छलफल भएको थियो।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री आफैँ राख्ने अडान राखेपछि प्रचण्ड ओलीको शरणमा पुगेका थिए। ओली प्रचण्डलाई नै पहिलो चरणमा प्रधानमन्त्री बनाउन तयार भए।

प्रकाशित: १० पुष २०७९ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast